राष्ट्रपति भण्डारी : सत्यमोहनको निधनबाट मुलुकले एक स्रष्टा र अभिभावक गुमायो

राष्ट्रपति भण्डारी : सत्यमोहनको निधनबाट मुलुकले एक स्रष्टा र अभिभावक गुमायो

कहिरन समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा र अभिभावक गुमाएको बताएकी छन् ।

आइतबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले जोशीको सार्थक जीवन हामी सवैको लागि प्रेरणाको अजस्र स्रोत भएको समेत बताएकी छन् । राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !’

जोशीको आइतबार बिहान १०३ बर्षको उमेरमा निधन भएको हो ।