विदेशी लगानीको न्यूनतम सीमा २ करोड

विदेशी लगानीको न्यूनतम सीमा २ करोड

कहिरन समाचार

सरकारले विदेशी लगानीको न्यूनतम सीमा तोकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिविदेशी न्यूनतम २ करोड रुपैयाँ लगानी तोक्ने निर्णय गरेको हो । सोबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग सरकारले लगानीको सीमा तोकेको बताए ।