अमेरिकी राजदूत थम्प्सन नेपाल आइपुगे

अमेरिकी राजदूत थम्प्सन नेपाल आइपुगे

कहिरन समाचार

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार थम्पसनले केही दिनको आरामपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् ।

राजदूत थम्प्सन परिवारसहित केही दिन नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने र त्यसपछि उहाँले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने अमेरिकी दूतावासले जनाएको छ।

राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल सकाएर गत आइतबार स्वदेश फर्किएका थिए।

उनी फर्किएको दुई दिनअघि शुक्रबार मात्रै थम्पसनले नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतको शपथ ग्रहण गरेका थिए ।