सरकारबाट जसपाका चार मन्त्री बर्खास्त

सरकारबाट जसपाका चार मन्त्री बर्खास्त

कहिरन समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारै जना मन्त्रीलाई बर्खास्त गरेका छन् । सत्ता गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले चारै मन्त्रीलाई हटाएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषी तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव पदमुक्त भएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका चारै जना मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छिन् ।

यसैबीच, राष्ट्रपति भण्डारीले रिक्त कानुन मन्त्रालयको जिम्मेवारी संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।