जीसेभेनका नेताहरूले ‘युक्रेनलाई समर्थन आवश्यक भएसम्म साथ दिने ’ बताए

जीसेभेनका नेताहरूले ‘युक्रेनलाई समर्थन आवश्यक भएसम्म साथ दिने ’ बताए

कहिरन समाचार

विश्वका धनी देशहरूको समूह जीसेभेनका नेताहरूले ‘युक्रेनलाई समर्थन आवश्यक भएसम्म साथ दिने ’ बताएका छन् । हालै रुसले युक्रेनमा गरेको मिसाइल आक्रमणपछि यी नेताहरुले यस्तो बताएका हुन् । आपतकालीन भर्चुअल बैठकमा, जीसेभेनले युक्रेनलाई सैन्य र मानवीय सहायता जारी राख्ने बताएको छ ।

नाटोले पनि युक्रेनलाई आवश्यक परेसम्म साथ दिने बताएको छ । सोमबार युक्रेनको राजधानी किभमा भएको शृङ्खलाबद्ध क्षेप्यास्त्र आक्रमणमा परी १९ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् ।

यी आक्रमणहरू मंगलबार पनि जारी रह्यो त्यसैले सर्वसाधारणलाई बंकरहरू र हवाई हमलाहरूबाट बचाउन सक्ने ठाउँहरूमा बस्न सल्लाह दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसलाई क्रिमियासँग जोड्ने महत्वपूर्ण पुलमा आगजनी गरेको युक्रेनको आक्रमणको बदला भएको बताएका छन् ।

पश्चिमी देशको समूह जीसेभेनले रुसले युद्धलाई दिएको तीब्रतालाई तुरुन्त आफ्नो प्रतिक्रिया दियो र युक्रेनप्रति आफ्नो प्रतिबद्धता दोहोराए ।

आफ्नो विज्ञप्तिमा जीसेभेनले भनेको छ, ‘हामी युक्रेनलाई आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानुनी सहयोग जारी राख्नेछौं र आवश्यक परेसम्म युक्रेनको साथमा उभिनेछौं ।’