सुवास नेम्वाङद्वारा इलाम–२ बाट उम्मेदवारी

सुवास नेम्वाङद्वारा इलाम–२ बाट उम्मेदवारी

कहिरन समाचार

पूर्व सभामुख सुवास नेम्वाङले आइतबार प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।  नेम्बाङ नेकपा एमालेको इलाम क्षेत्र नं २ प्रतिनिधि सभाका प्रत्यासी रहेका हुन् ।

२०७४ सालको निर्वाचनमा बाम गठबन्धनका साझा उम्मेदवार रहेका नेम्वाङ सोही क्षेत्रबाट विजयी भएका थिए । त्यस्तै क्षेत्र २ को प्रदेशसभातर्फ (क) मा गणेश बराल र (ख) मा राम रानाले निर्वाचन कार्यालय इलाममा मनोनयन दर्ता गराएका छन् ।