दुई दिनदेखि अमेरिकी डलर नेपाली मुद्राको तुलनामा हालसम्मकै उच्च विन्दुमा

दुई दिनदेखि अमेरिकी डलर नेपाली मुद्राको तुलनामा हालसम्मकै उच्च विन्दुमा

कहिरन समाचार

दुई दिनदेखि अमेरिकी डलर नेपाली मुद्राको तुलनामा हालसम्मकै उच्च विन्दुमा रहेको छ। शनिवारदेखि एक अमेरिकी डलरको लागि नेपालीले एक सय ३२ रूपैयाँ दुई पैसा तिर्नु परिरहेको छ। यो राष्ट्र बैंकले तोकेको विनिमय दर हो।

वाणिज्य बैंकहरुले पनि आइतबार एक सय ३२ देखि एक सय ३२ रूपैयाँ पाँच पैसामा डलरको कारोबार गरिरहेका छन्।
भारतीय मुद्रा कमजोर भएको कारण नेपाली मुद्रा पनि कमजोर भएको हो। भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर (पेग्ड) कायम गरिएको छ।

आर्थिक मन्दि र कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिले भारु कमजोर बनेको हो। एक डलर बराबर ८२ भारुमा कारोबार भइरहेको छ। अमेरिकामा रोजगारी सृजना अपेक्षा गरिएभन्दा वृद्धि भएकोले पनि डलर बलियो बनिरहेको छ।