सुजातालाई कांग्रले दियो मोरङ २ मा टिकट

सुजातालाई कांग्रले दियो मोरङ २ मा टिकट

कहिरन समाचार

नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट बन्चित भएका छन् ।  ०७४ मा मोरङ २ बाट उम्मेदवारी दिएर जितेका रिजाललाई यसपटक नेतृ सुजाता कोइरालाले टिकट पाएकी हुन् ।

शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा सुजाता कोइरालाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले  बताए । रिजाल पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । प्रकाशमान सिंहको टिमबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाताले मिनेन्द्रलाई पन्छाउँदै टिकट हात पार्न सफल भएकी छन् ।