अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३१ रनले हरायो

अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३१ रनले हरायो

कहिरन समाचार

अस्ट्रेलियाले दोस्रो टी-२० खेलमा वेस्ट इन्डिजलाई ३१ रनले पराजित गरेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक २९ रन बनाए भने अकिल हुसेनले २५ रनको योगदान दिए । अस्ट्रेलियका लागि मिचेल स्टार्कले घातक बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा मात्र २० रन खर्चिएका थिए । प्याट कमिन्सले २ विकेट लिए ।

यसअघि डेभिड वार्नरको विस्फोटक ब्याटिङको मद्दतले अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो । वार्नरले मात्र ४१ बलमा ७५ रन बनाएका थिए । उनले यसक्रममा १० चौका र ३ छक्का हिर्काए । टीम डेभिडले ४२ रनको योगदान दिए । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले ३ विकेट लिए भने ओवेड म्याकोयले २ विकेट लिए । पहिलो खेलमा पनि अस्ट्रेलिया ३ विकेटले विजयी बनेको थियो ।