प्रचण्ड आफ्नो क्षेत्रबाट निर्वाचन लड्ने

प्रचण्ड आफ्नो क्षेत्रबाट निर्वाचन लड्ने

कहिरन समाचार

नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्.ने भएका छन् । गत निर्वाचनमा चितवन ३ बाट विजयी भएका प्रचण्ड मंसिर चारमा हुने निर्वाचनमा भने यसअघि डा. बाबुराम भट्टराईले चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बताएलगत्तै भट्टराईले पनि प्रचण्डलाई शुभकामना दिएका छन् । उनले यसअघि नै प्रत्यक्ष निर्वाचन नलड्ने घोषणा गरेका थिए ।

डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गम थलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना !’