एक दिन खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

एक दिन खुल्ने तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

कहिरन समाचार

महानवमीको दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको छ ।  तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ ।

आज बसन्तपुर दरबारमा बोका र राँगाको बलि चढाइएको छ। नवमीको दिन नेपाली सेनाको निशान पूजा गर्नको लागि बलि चढाइएको हो।