समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन १२ बजेसम्म समय

समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन १२ बजेसम्म समय

कहिरन समाचार

समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको छ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज मध्यान्ह १२ बजे सम्मको लागि उम्मेदवारी फिर्ता गर्ने समय दिएको हो।

उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यक्रम छ।

संशोधित सूची बुझाउने अन्तिम अवधि असोज १६ गतेसम्मका लागि दिइएको थियो।