महिला युरो च्याम्पियनसिपः फाइनलमा जर्मनी र इङ्ग्ल्यान्ड भिड्ने

महिला युरो च्याम्पियनसिपः फाइनलमा जर्मनी र इङ्ग्ल्यान्ड भिड्ने

कहिरन समाचार

साउन १२, काठमाडौँ । जर्मनी महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा फ्रान्सलाई २-१ अन्तरले हराउँदै जर्मनी फाइनलमा पुगेको हो ।

अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इङ्ग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इङ्ग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुनेछ । जर्मनीले आठ पटक युरो जितेको छ भने इङ्ग्ल्यान्ड पहिलो उपाधिको संघारमा छ ।