नेपाल आयल निगमका डिपो दसैँ बिदामा पनि खुला

नेपाल आयल निगमका डिपो दसैँ बिदामा पनि खुला

कहिरन समाचार

नेपाल आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ ।

ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने गरी कार्यतालिका प्रकाशित गरिएको छ ।

इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ ।