३८ जनामा कोरोना संक्रमण , एक जनाको मृत्यु

३८ जनामा कोरोना संक्रमण , एक जनाको मृत्यु

कहिरन समाचार

पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनामा गरिएको नमुना परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित एक हजार १२२ जना रहेका छन् ।