फूलपातीसम्म न्यूरोडमा सवारी प्रवेश निषेध

फूलपातीसम्म न्यूरोडमा सवारी प्रवेश निषेध

कहिरन समाचार

काठमाडौंको न्युरोड, जमल र भोटाहिटीमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबारबाट चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको हो ।

घटस्थापना, षष्ठी र फूलपातीमा  मोटरसाइकल प्रवेशमा पनि रोक लगाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआइजी मिरा चौधरीले बताइन् । न्यूरोड गेट, भोटाहिटी चोक र जमलचोकबाट भित्र जान खोज्ने सवारीलाई खुल्लामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।

चार पांग्रे सवारी साधनलाई असोज ८ (शनिवार) देखि नै प्रवेशमा रोक लगाइएको छ । चाडपर्वमा हुने भिडभाड कम गराउन बिहान १० बजेबाट सवारी प्रवेशमा रोक लगाइएको डिआइजी चौधरीले बताइन् । उनले भनिन्–‘साँझ अवस्था सामान्य नहुँदासम्म प्रवेशमा रोक लगाएका छौं ।’

भोटाहिटी र जमल चोकबाट भित्र सवारी प्रवेश अनुमति दिँदा अत्यधिक जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयको निष्कर्ष छ । दसैँभर न्यूरोड, भोटाहिटी र जमल चोकबाट भित्र जानेहरूले खुल्लामञ्चमा पार्किङ गरेर जानुपर्छ ।