कलाकार बुद्धि तामाङ विवाह गर्दै

कलाकार बुद्धि तामाङ विवाह गर्दै

कहिरन समाचार

‘हैट’ थेगोको कारण चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गर्न लागेका हुन् ।  बुद्धि र अनुको विवाह समारोह शुक्रबार कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ । अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए । बुद्धिले अनुसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।

साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्म अभिनय गरिसकेका तामाङ सानो पर्दाको सिरियलबाट चम्किएका थिए ।
उनले रंगमञ्चमा १८ वर्ष र चलचित्रमा ११ वर्ष बिताइसकेका छन् ।