एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।
बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको विजय अभियान रोक्न गठबन्धनले अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताए । ‘यतिवेला हाम्रो विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्रहरु भएका छन् । एउटा षडयन्त्रका रुपमा नागरिकताको विषयलाई हाम्रा पार्टीका विरुद्धमा प्रयोग गर्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको छ ।’, पोखरेलले नागरिकताका विषयमा एमाले स्पस्ट रहेको दाबी गरे ।
‘नागरिकताका सम्बन्धमा हाम्रो पार्टी सदैव स्पष्ट छ । नेपाली नागरिकहरुले नागरिकताको अधिकार पाउनुपर्छ । यो नेकपा एमालेको मान्यता हो’, उनले जन्म सिद्धका सन्तानलाई नागरिकता दिन आफ्नो नेतृत्वको सरकारले अध्यादेश ल्याएको दाबी गरे ।
उनले राष्ट्रपतिले नागरिकताको विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने आशयलाई गठबन्धनले उपेक्षा गरेको भन्दै नागरिकतामा बैबाहिक अंगीकृतको विषय प्रमुख रहेको भन्दै आफ्ना चेलीहरूका बारेमा अरु देशमा के व्यवस्था छ भनेर गठबन्धनलाई प्रश्न गरे ।
‘विवाहको लगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?’, पोखरेलको प्रश्न छ । छिमेकीहरूले गरेको प्रबन्धमा एमाले छलफल गर्न तयार रहेको र समान व्यवस्थाको कुरा गरिरहेको महासचिव पोखरेलको भनाइ छ ।
उनले पाँच दलीय गठबन्धन सम्पुर्ण रुपमा असफल भैसकेको दाबी समेत गरे ।
प्रतिक्रिया