इरानमा हिजाब जलाएर महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन

इरानमा हिजाब जलाएर महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन

कहिरन समाचार

हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमा मृत्यु भएपछि इरानमा बढ्दो विरोध प्रदर्शनमा महिला प्रदर्शनकारीहरू अग्रपंक्तिमा छन् । आक्रोशित प्रदर्शनकारीहरुले सार्वजनिक स्थलमै स्कार्फ जलाएका छन् । प्रदर्शनकारी र प्रहरीबीच विभन्न स्थानमा झडप भएको छ ।

लगातार पाँच रातसम्म देशका विभिन्न सहरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न सरकारले पानीको छर्रा, अश्रु ग्यास र रबरका गोली प्रहार गरेको छ । कम्तीमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।

तीन दिन कोमामा रहेकी महसा अमिनीको शुक्रबार अस्पतालमा निधन भएको थियो  । अमिनीलाई इरानको प्रहरीले गत साता राजधानीमा गिरफ्तार गरेको थियो । उनीमाथि महिलाहरूले हिजाब वा हेडकार्फसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाइएको थियो ।