बाढीले ५० गाउँ डुबानमा

बाढीले ५० गाउँ डुबानमा

कहिरन समाचार

पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण ५० भन्दा बढी गाउँ डुबानमा परेका छन् । बलुचिस्तानबाट अचानक आएको बाढी सिन्ध प्रान्तमा प्रवेश गरेपछि पहाडी ५० भन्दा बढी गाउँ डुबानमा परेका हुन् ।

प्रभावित क्षेत्रका जनता आफ्नो ज्यान जोगाउन पहाड र सुरक्षा घाटमा शरण लिन बाध्य भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

विशेष गरी बलुचिस्तानमा यस वर्षको मनसुन मौसममा अप्रत्याशित रूपमा भारी वर्षा परेको छ । अबिरल वर्ष र बाढीले अहिलेसम्म  बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ७ बालबालिका र एक जना महिला छन् ।

खैबर पख्तुनख्वा प्रान्तमा १० जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा उद्दारकर्ता परिचालन गरिएको केन्द्र सरकारले जनाएको छ ।