मुद्दती खातामा पैसा दोब्बर हुन लाग्ने समयअवधि घट्यो नेपाल बैंक

मुद्दती खातामा पैसा दोब्बर हुन लाग्ने समयअवधि घट्यो नेपाल बैंक

कहिरन समाचार

नेपाल बैंकले हालै मात्र सञ्चालनमा ल्याएको डबल धमाका मुद्दती खाताहरूमा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय घटाएको छ।

अबदेखि बैंकको उक्त खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र पाँच वर्ष नौ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ।

बैंकका अनुसार यसमा न्यूनतम २५ हजार रुपैयाँभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ।

त्यसैगरी, यो योजनामा बैंकले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पनि उपलब्ध गराउने छ।

संघ संस्थाहरूको लागि बैंकले नेपाल बैंक डबल धमाका मुद्दती खाता संस्थागत सञ्चालनमा ल्याएको छ।

यसमा जम्मा गरेको रकम सात वर्ष दुई महिनामा नै दोब्बर हुनेछ।

यसमा संस्थाहरूले १ लाखभन्दा माथिको रकमको रकम जम्मा गर्न सक्नेछन्।

बैंकले विदेशमा कार्यरत नेपालीहरूको लागि नेपाल बैंक डबल धमाका मुद्दती खाता रेमिटेन्स सञ्चालनमा ल्याएको छ।

अबदेखि यो खातामा विदेशबाट प्राप्त रेमिटेन्सको रकम जम्मा गर्दा मात्र पाँच वर्ष पाँच महिना नै सो रकम दोब्बर हुनेछ।
यसमा न्यूनतम २५ हजार रुपैयाँभन्दा माथिको रकम जम्मा गर्न सकिने बताइएको छ।

यी डबल धमाका मुद्दती खाताहरू सीमित अवधिको लागि मात्र सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकले नेपालभर २१९ शाखा, १८६ एटिएम साथै ४९ एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।