सर्वोच्चमा सुरक्षा कडा, बारको चेतावनी चोलेन्द्रलाई प्रवेश गर्न नदिने

सर्वोच्चमा सुरक्षा कडा, बारको चेतावनी चोलेन्द्रलाई प्रवेश गर्न नदिने

कहिरन समाचार

रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा महाभियोग पुष्टि नभएको भन्दै सर्वोच्च अदालत हाजिर हुन आउने खवर प्रवाह भएसँगै अदालत परिसरमा सुरक्षा तैनाथी बढाइएको हो ।

प्रतिनिधिसभाको हिजो रातिबाट कार्यकाल सकिएको र आफूविरुद्धको महाभियोग टुंगोमा नपुगेपछि चोलेन्द्रले आफू सर्वोच्च फर्कने भन्दै तयारी अघि बढाउन सर्वोच्चका रजिष्ट्रारलाई शनिबारै भनेका थिए ।  सोही अनुसार आज आइतबार राणा सर्वोच्च जाने तयारीमा रहेका छन् ।

जबराको यो तयारीको सर्वोच्च बार र नेपाल बार एसोसियसनले भने विरोध गरेको छ । निलम्बित प्रधानन्यायाधीशको आगमनलाई रोक लगाउने बारको तयारी छ ।