आज चोलेन्द्र शम्शेर अन्तिम बयान दिँदै

आज चोलेन्द्र शम्शेर अन्तिम बयान दिँदै

कहिरन समाचार

महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अन्तिम बयान जारी छ । शनिवार बिहान ९ बजेदेखि संसद सचिवालय सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठकमा राणा सहभागी छन् ।

यसअघि ४३ वटा प्रश्नमाथि बयान दिएका राणाले सो बयानको लिखतमा हस्ताक्षर गरिरहेका छन् । शुक्रबार उनले बयानको ६५ पेजमा हस्ताक्षर गरेका थिए भने आज बाँकी १ सय ९ पेज बयानको बाचन सुन्दै हस्ताक्षर गरिरहेका छन् । राणाले दिएको बयानको लिखत संसद सचिवालयका कर्मचारीले वाचन गरेर सुनाइरहेका छन् ।

बयानमा हस्ताक्षरपछि उनीमाथि थप पुरक प्रश्न गर्ने तयारी रहेको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । उनले दिएको जवाफ समेत समावेश गरेर आजै प्रतिवेदन तयार गरी सभामुख अग्नि सापकोटालाई बुझाउने तयारी रहेको उनले बताए ।

राणामाथि लागेको अभियोगमाथि पूर्ण छानविन नहुँदै प्रतिनिधि सभाको कार्यकाल सकिन लागेको छ । समितिले हालसम्म भएका विवरण समेटेर अपूर्ण प्रतिवेदन बुझाउने भएको छ ।

यस्तै आज यो प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठक बस्दैछ । बैठक मध्यान्ह १२ : ५० बजेका लागि बोलाइएको छ । राती १२ बजेदेखि प्रतिनिधि सभाको यो अधिवेशन सकिँदैछ ।