बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

कहिरन समाचार

बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।

पहिलो हाफमा ४(० गोलको अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप चार गोल गर्यो । अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ ।