काठमाडौं महानगरपालिका अगाडि साना व्यवसायीको नारा

काठमाडौं महानगरपालिका अगाडि साना व्यवसायीको नारा

कहिरन समाचार

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै विभिन्न सडक व्यवसायीहरू आन्दोलित भएका छन्।

जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले बिहीबार काठमाडौं महानगरपालिका घेराउ गरेका हुन्।

फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरू आक्रोशित भएका हुन्। साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका थिए।

उनीहरुले दसैं–तिहार लगायतका चाडपर्व नजिकिएको अवस्थामा आफूहरुलाई जिविकोपार्जनमा समेत रोक लगाउने कार्य भएको भन्दै महानगरको विरोध गरेका छन्।

उनीहरुले ‘श्रमको सम्मान गर, स्वरोजगारलाई सम्मान गर, महानगरमा श्रम डेस्क स्थापना गर’, कि रोजगार देउ, कि स्वरोजगार हुन देऊलगायतका नारा लगाएका थिए।