नेप्सेमा ४७.४४ अंकको वृद्धि

नेप्सेमा ४७.४४ अंकको वृद्धि

कहिरन समाचार

बुधबार नेप्से परिसूचक ४७.४४ अंकले बढेको छ।

आज नेप्से २.४५ प्रतिशतले बढेर १९८१.४८ बिन्दुमा पुगेर बन्द भएको छ।

यस दिन २२७ वटा धितोपत्रको १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। मंगलबार ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँ बराबरको कारोबार भएको थियो।

बुधबार ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७३ रुपैयाँ ९० पैसा पुगेको छ।

त्यस्तै, लिवर्टी इनर्जीको सेयरमूल्य ८.३२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २५७ रुपैयाँ ८० पैसा कायम भएको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा एनआइसी एशिया फेक्सी क्याप फण्ड रहेको छ। योजनाको इकाइ मूल्य १० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रुपैयाँमा झरेको छ।

यस दिन सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। कम्पनीको ६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३.७७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७९९ रुपैयाँ कायम भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको ५७२ रुपैयाँमा ४ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ५.९३ प्रतिशतले बढेको छ।

त्यस्तै, व्यापार समूहको परिसूचक ५.७५ प्रतिशत, विकास बैंकको परिसूचक ४.६२ प्रतिशत, जलविद्युतको ३.६२ प्रतिशतले बढेको छ।

त्यसैगरी, होटल्स तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र लगानी समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ।