सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा छुट पाउने

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा छुट पाउने

कहिरन समाचार

दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग ‘दशैं धमाका योजना’मा विशेष छुट दिने सहकार्य भएको छ।

यस योजना अवधिभरी ग्राहकहरूले बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने बताइएको छ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नु पर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

यो योजना भदौ २९ गतेदेखि असोज ११ गतेसम्म १४ दिनका लागि लागु हुने बैंकले बताएको छ।

 

साथै, बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई मासिक किस्ताबन्दी (इएमआई) सुविधा लिदा पाँच सयको क्यासब्याक पनि प्रदान गर्नेछ।

क्यासब्याक योजना भने असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागु हुने बताइएको छ।

सानिमा बैंकले देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।