च्याम्पियन्स लिग : सलाहको गोलमा लिभरपुलको पहिलो जित

च्याम्पियन्स लिग : सलाहको गोलमा लिभरपुलको पहिलो जित

कहिरन समाचार

च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा इङ्ग्लिस क्लब लिभरपुलले पहिलो जित निकाल्ने क्रममा आयक्सलाई २-१ अन्तरले पराजित गरेको छ ।

समूह ए को खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले आयाक्सलाई २-१ ले हरायो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल गरे । आयाक्सला मोहमद कुडुसले एक गोल गरे ।

खेलको १७ औं मिनेटमा सलाहले लिभरपुललाई अग्रता दिलाए । २७ औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै आयाक्सलाई १-१ गोलको बराबरीमा ल्याए । ८९ औं मिनेटमा माटिपले गोल गर्दा लिभरपुल २-१ ले विजयी भयो । जितसँगै लिभरपुलले २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।