कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप

कहिरन समाचार

कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीको बीचमा झडप भएको छ । झडपमा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना मिटरब्याज पीडित र एकजना प्रहरी हवल्दार छन् । कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटरव्याज पीडितलाई रोक्न खोज्दा सामान्य झडप भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजालले बताए । उनले भने– ‘१० पुरुष र ३ महिलालाई नियन्त्रणमा लिएर प्रहरी वृत कीर्तिपुरमा राखिएको छ ।’

भीआइपी सवारीका कारण उनीहरुलाई माइतीघर आउन रोकिएको रिजालले जानकारी दिए । पैदल हिँडेर कीर्तिपुरको आयुर्वेद अध्ययन संस्थान आइपुगेका मिटरब्याज पीडितलाई प्रहरीले रोकेपछि झडप भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु सोमबार काठमाडौं आउँदैछन् । उनको भ्रमणअघि उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।