आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दै

आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दै

कहिरन समाचार

एएफसी यू–२० एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनमा जारी प्रतियोगिता अन्तर्गत शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने दोस्रो खेलमा नेपालले कतारसँग खेल्न लागेको हो ।

नेपाल र कतारबीचको खेल राति ११ :४५ बजे सुरु हुनेछ । पहिलो खेलमा भुटानसँग पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा बलियो हुने योजनामा छ । नेपाल पहिलो खेलमा भुटानसँग २–० गोल अन्तरले पराजित भएको थियो । नेपाल आजको खेलमा पहिलो जितको खोजीमा हुनेछ । यता कतार प्रतियोगिताको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्ने योजना छ ।

छनोटको समूह ‘बी’ मा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश छन् । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।