मेस्सीको सहयोगमा नेयमारको गोल

मेस्सीको सहयोगमा नेयमारको गोल

कहिरन समाचार

स्टार खेलाडी लियोनल मेस्सीको सहयोग र  अर्का स्टार नेयमारको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति ब्रेस्टलाई १-० ले पराजित गरेको छ ।

ब्राजिलियन स्टार खेलाडी नेयमारले मेस्सीले निकालेको उत्कृष्ट पासमा खेलको ३० औं मिनेट गोल गरे । जारी लिगमा नेयमारको यो सातौ खेलमा आठौं गोल हो । यता, मेस्सीले ७ खेलमा ७ असिस्ट र ३ गोल गरेका छन् ।

जितसँगै पिएसजी ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थान छ । पराजित ब्रेस्ट ५ अंक जोडेर १७ औं स्थानमा छ ।