रुस-युक्रेन युद्धमा उद्धारको न्याय माग्न गएकाहरुसँग झोक्किए परराष्ट्रमन्त्री

रुस-युक्रेन युद्धमा उद्धारको न्याय माग्न गएकाहरुसँग झोक्किए परराष्ट्रमन्त्री


काठमाडौँ । सरकारको कमजोर कुटनीतिका कारण विदेशी भुमिमा फसेका नागरिकको उद्धार हुन ढिलाई भएको छ । नागरिकको ज्यान बचाउने राज्यको न्यूनतम दायित्व भएपनि सरकारले समयमै छलफल समेत थाल्न नसक्दा रुस–युक्रेन तथा हमास र ईजरायलबीचको युद्धमा फसेका नेपालीको उद्धार हुन नसकेको हो ।

सरकारले सामान्य कुटनीतिक प्रयास समेत नगरिदिँदा हमासको नियन्त्रणमा रहेका भनिएका बिपिन जोशीको अहिले सम्म पत्तो लाग्न सकेको छैन । रुसी सेनामा मारिएकाहरुको शवको समेत सरकारले नेपाल ल्याउन सकेको छैन । सरकारसंग न्यायका लागि माग गर्न जाँदा समेत मन्त्रीले उल्टै झपारे पछि पीडितहरु थप चिन्तित बनेका छन् ।

नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानका संयोजक कृतु भण्डारीसहितको टोलीले आज परराष्ट्रमन्त्री एनपी साउदलाई भटेपनि मिडियाबाजी नगर्न भन्दै उनले आक्रमक अभिब्यक्ति दिएका हुन् ।

अहिले सम्म तेस्रो मुलुकको बाटो हुँदै रुसी सेनामा भर्ना हुनेको संख्या १४ हजार ७ सय रहेको बिबरणहरु सार्बजनिक भईरहँदा सरकारले आधिकारिक तथ्याङ समेत संकल गर्न सकेको छैन । रुसी सेनामा भर्ना भएका मध्ये अहिले सम्म २१ जनाको मृत्यु भएको भनिएपनि १६ जनाको परिवारले काज किरिया समेत गरिसकेको अभियानका संयोजक भण्डारी बताउछीन् ।