मेलम्ची खानेपानीमा अर्बौं भ्रष्टाचार, भिम उपाध्यायसहित १८ जनाविरुद्ध मुद्दा

मेलम्ची खानेपानीमा अर्बौं भ्रष्टाचार, भिम उपाध्यायसहित १८ जनाविरुद्ध मुद्दा


काठमाडौँ । बहुचर्चित मेलम्ची खानेपानी परियोजनामा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको छ ।

अख्तियार दुरुपयोग अनुशन्धान आयोगले भ्रष्टाचारमा संलग्न तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वसचिव भिम उपाध्याय सहित सञ्जय शर्मा र गजेन्द्र ठाकुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

७ अर्ब भन्दा धेरै भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल, तत्कालीन सदस्य तथा हाल अध्यागमन विभाग प्रमुख रुद्रसिंह तामाङ र कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीविरुद्ध पनि मुद्धा दायर गरेको जनाएको छ ।

मेलम्ची अख्तियारले प्रतिवादीहरुबाट ४ देखि ८९ करोड रुपैंयासम्म मागदाबी गरेर मुद्धा दर्ता भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

अध्यागमन प्रमुख तामाङबाट २२ करोड ९ लाख १७ हजार, तत्कालीन कार्यकारी निर्देशकहरु भट्टराईबाट २२ करोड ७५ लाख १९ हजार, राम चन्द्र देवकोटाबाट ३२ करोड ३५ लाख ६१ हजार, सुर्यराज कँडेलबाट ८९ करोड ८ लाख ९८ हजार बिगो मागदाबी लिएको छ ।

अख्तियारले परामर्शदाता इप्टिसा सर्भिस दि इन्जिनियर्स र बेट्स कन्सल्टिङ सर्भिस लिमिटेडलाई पनि प्रतिबादी बनाउँदै जनही ८७ करोड ५८ लाख ८३ हजार रुपैंया बिगो दाबी गरेको अख्तियारले जनाएको छ ।