सडकमा दुध पोखेर किसानको आन्दोलन

सडकमा दुध पोखेर किसानको आन्दोलन


काठमाडौँ । चितवनका किसान भने सडकमा दुध पोखेर आन्दोलनमा उत्रिएका छन् । चितवन दुग्ध उत्पादक सहकारीहरुले दुधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको बिरोधमा आन्दोलनमा उत्रिएको बताएको छ ।

चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सडकमा दुध पोखाउनुका साथै समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाइएको बताए । दुध बिक्रीको ब्यबस्था र भुक्तानी पाउनु पर्ने २ वटा माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

चितवनका किसानहरुले साउन महिना देखिको करीब ५२ करोड भुक्तानी पाउन बाकी रहेको जनाएका छन् । दुध बिक्री नभएर फाल्नु पर्ने अबस्था भए पछि नचाहदा नचाहदै पनि सडकमा दुध पोख्न बाध्य भएको किसानहरुले जनाएका छन् ।