प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न १३ सांसदको लिखित प्रश्न पेश

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न १३ सांसदको लिखित प्रश्न पेश


काठमाडौँ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि १३ सांसदहरुले लिखित प्रश्न पेश गरेका छन् ।

भोलि बिहान ११ बजे सुरु हुने प्रतिनीधिसभाको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई प्रश्न सोध्नका लागि १३ जना सांसदले लिखित प्रश्न पेश गरिसकेको संसद सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए ।

प्रश्न सोध्नेमा सत्तारुढ दलका सांसदहरु पनि छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापा, किशोरसिंह राठौरले नाम टिपाएका छन् ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, गोकर्ण बिस्ट, रास्वपाका सांसद गणेश पराजुली र राप्रपाका सांसद गीता बस्नेतलगायतले प्रश्न सोध्न नाम टिपाएका छन् ।

फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय समक्ष प्रश्न लिखित रुपमा उपलब्ध गराउन भनिएको थियो । तेस्रो अधिवेशनको तेस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा जवाफ दिन लागेका हुन् ।