उपभोक्ता मञ्चले  चिनी उद्योगीहरूको सिण्डिकेट नियन्त्रणको माग

उपभोक्ता मञ्चले  चिनी उद्योगीहरूको सिण्डिकेट नियन्त्रणको माग

कहिरन

राष्ट्रिय उपभोक्ता मञ्चले  चिनी उद्योगीहरूको सिण्डिकेट नियन्त्रणको माग गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएको छ ।

चिनीको उत्पादनको मौसममा समेत स्वदेशी चिनी उत्पादकहरूले सिण्डिकेटिंग र कार्टेलिंग गर्दै लागत मूल्य जम्मा ८५ मात्र हुँदा पनि थोकमा नै ९३ रुपैयाँ प्रति किलोमा बिक्री गर्ने गरेको र उपभोक्ताको झोलासम्म पुग्दा काठमाडौँको सहरी क्षेत्रमा नै १०० रुपैयाँमा खरिद गर्नु पर्ने बाध्यता भएकोले सरकारलाई गम्भीर हुन मञ्चले आग्रह गरेको छ ।

साल्ट ट्रेडिंग कर्पोरेशनले खरिद गरी भण्डारण गरे बापत कम्पनीको लागत मूल्य बराबरको रकममा लाग्ने बैंक व्याज अनुदान स्वरूप नेपाल सरकारले दिने व्यवस्था गरी दिएमा उद्योगीहरूको गैर कानुनी सिण्डिकेटिंग टोडिनुको साथै मूल्यमा समेत स्थिरता आई आम उपभोक्तालाई राहत मिल्ने मञ्चको ठहर छ ।