अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना

अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना

कहिरन

बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । अभिनेतालाई शनिबार कोलकाताको एक निजी अस्पतालको आपत्कालीन इकाईमा भर्ना गरिएको हो ।

खबर अनुसार अभिनेताले छातीमा गहिरो दुखाइको गुनासो गरेका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो। उनको स्वास्थ्यबारे थप जानकारी आउन बाँकी छ । अभिनेता अस्पतालमा भर्ना भएको खबर आएदेखि नै उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । हाल उनको स्वास्थ्यबारे अभिनेताको परिवारले कुनै प्रतिक्रिया दिएको छैन ।

मिथुन चक्रवर्ती ७३ वर्षका छन् । शनिबार बिहान करिब १० बजे अभिनेताको छातीमा असहज पीडा महसुस हुन थालेको थियो । उनको स्वास्थ्य बिग्रिएपछि अभिनेतालाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उनको उपचार भइरहेको छ ।

हालै मिथुन चक्रवर्तीलाई सिनेमा उद्योगमा उनको योगदानको लागि देशको प्रतिष्ठित पद्मभूषण पुरस्कारबाट सम्मानित गरिएको थियो।