सुमन केसी र अनु चौधरीको नयाँ गीत ‘धड्कन भित्र’ सार्वजनिक

सुमन केसी र अनु चौधरीको नयाँ गीत ‘धड्कन भित्र’ सार्वजनिक

कहिरन

गायक सुमन केसी र अनु चौधरीको नयाँ गीत ‘धड्कन भित्र’ सार्वजनिक भएको छ । दीपेन्द्र खड्काको शब्द, लेखु सहयात्रीको सङ्गीत रहेको गीतको भिडियोमा गायक केसीकै सङ्गीत संयोजन रहेको छ ।

गीतको भिडियो पनि बनेको छ । जसमा रचना श्रेष्ठ र बाबुराजा कपालीको अभिनय छ । एकजोडी प्रेमीको प्रेमकथा देखाइएको भिडियोमा जीवन रिजालको छायाङ्कन, अर्जुन तिवारीको डिओपी र मदन घिमिरेको सम्पादन छ । भिडियोका निर्देशक शान थापा हुन् ।