एसिया कप : श्रीलंका र पाकिस्तान भिड्दै

एसिया कप : श्रीलंका र पाकिस्तान भिड्दै

कहिरन समाचार

युएईमा जारी एसिया कप क्रिकेटमा आज श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । सुपर चार अन्तर्गतको अन्तिम खेलमा दुई टोली प्रतिस्पर्धा गर्न लागेका हुन् ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ । दुबै टोली फाइनल अघि सुपर चारमा प्रतिस्पर्धा गर्न लागेका हुन् । श्रीलंका र पाकिस्तान एसिया कपको फाइनलमा पुगेका छन् ।

आजको खेलमा पाकिस्तान जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न चाहन्छ । यता श्रीलंकाको पनि सोही योजना छ । श्रीलंका र पाकिस्तानबीचको पछिल्लो ५ टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा तीन खेल श्रीलंकाले जित्दा दुई खेलमा पाकिस्तानले बाजि मारेको छ ।