बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको निधन

बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको निधन

कहिरन

बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ।

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका ६६ वर्षीय पौडेलको बुधबार मध्याह्न साढे १२ बजे दुर्घटनामा परेर निधन भएको हो।

उनी सवार मोटरसाइकललाई नवरपुरस्थित गैंडाकोटमा बसले ठक्कर दिएको थियो।

पोखराबाट गैंडाकोटतर्फ गइरहेको ग १ ख ८५४७ नम्बरको गाडीले पौडेल सवार रहेको ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट पौडेलको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले  जानकारी दिए।

 

पौडेलको शव भरतपुर जिल्ला अस्पतालमा राखिएको छ।

नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डे नेतृत्वको बागमती सरकारमा पौडेल भूमि व्यवस्था मन्त्री भएका थिए।