टिसिएल इलेक्ट्रोनिक्स ४० भन्दा बढी अवार्डबाट सम्मानित

टिसिएल इलेक्ट्रोनिक्स ४० भन्दा बढी अवार्डबाट सम्मानित

कहिरन

विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी टिसिएल इलेक्ट्रोनिक्सले ‘सिइएस २०२४’ मा आफ्नो विभिन्न प्रकारका उत्पादनहरूका लागि ४० भन्दा बढी अवार्डहरूबाट सम्मानित भएको छ।

टिसिएलको ११५-इन्च क्युएम८९१ जी क्युडी-मिनी एलइडी टिभीलाई सन् २०२३-२०२४ ग्लोबल टप ब्रान्ड्स अवार्ड समारोहमा ‘इनोभेटिभ डिस्प्ले टेक्नोलोजी गोल्ड अवार्ड अफ द इयर’को साथ नवीन डिस्प्ले टेक्नोलोजीका लागि मान्यता दिइएको छ।

एसिया डिजिटल समूह र युरोपेली डिजिटल समूहद्वारा समर्थित यस कार्यक्रमले विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा टिसिएलको प्रख्याततालाई चिन्हित गरेको  कम्पनीको भनाइ छ।

उच्चस्तरीय टिभी, टिसिएलको स्मार्टफोन, एनएक्सटीपेपर ३.० डिस्प्ले टेक्नोलोजी सहितको ट्याब्लेट, रेनियोन एक्स२ लाइट एआर ग्लासेस र क्यू क्लास साउन्डबारको पनि समारोहमा प्रशंसा भएको थियो।

कम्पनीले २०२३-२०२४ ग्लोबल सिई ब्रान्ड्स टप १०, २०२३-२०२४ ग्लोबल टिभी ब्रान्ड्स टप १०, र २०२३-२०२४ ग्लोबल सिई ब्रान्ड्स टप ५० को रूपमा पनि चर्चा कमाएको कम्पनीले जनाएको छ।

सिइएस २०२४ इनोभेसन अवार्ड ‘मोबाइल डिभाइस, एसेसरिज र एप्स’ टिसिएलको ४० एनएक्सटीपेपर स्मार्टफोनलाई प्रदान गरिएको थियो।

यसबाहेक टिसिएलले अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरूबाट ‘बेस्ट अफ सिइएस २०२४’ अवार्डहरू प्राप्त गरेको छ। कम्पनीका अनुसार यसले नवीन प्रविधिहरू र उत्कृष्ट उत्पादनमा आफ्नो प्रतिबद्धता झल्काएको छ।

टिसिएलको एक्स९५५ र सि७५५ टिभी शृङ्खलाको भिजुअल अनुभवको लागि टियुभी रिनल्यान्ड र सी२०२४ मा २७आर८३यू/३४आर८३क्यू प्रोफेसनल मनिटर शृङ्खलाको प्यानटोन भ्यालिडेटेड रिकग्निसनका लागि प्रमाणपत्रहरू मार्फत सम्मानित गरिएको छ।

टिसिएल इलेक्ट्रोनिक्सको उत्पादनहरू अहिले विश्वको १६० भन्दा बढी राष्ट्रमा उपलब्ध छन्।