फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ भारत आउँदै

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ भारत आउँदै

कहिरन

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ भारत आउँदै छन् । म्याक्रोँ दुई दिने राजकीय भ्रमणका क्रममा बिहीबार भारत आउने भएका हुन् । जयपुरमा अवतरण गरेपछि म्याक्रोँले जयपुर आमेर किलाबाट आफ्नो भ्रमण सुरु गर्नेछन् । विश्व सम्पदा सूचीमा परेको जन्तर–मन्तरमा प्रधानमन्त्री नरेन्द्र मोदी र म्याक्रोँको भेट हुनेछ ।

शुक्रबार दिल्लीमा आयोजना हुने गणतन्त्र दिवसको समारोहमा म्याक्रोँ मुख्य अतिथि हुन् । गणतन्त्र दिवसमा मुख्य अतिथिका रूपमा भारत आउने म्याक्रोँ छैटौँ फ्रान्सेली नेता हुनेछन् । सो समारोहमा मुख्य अतिथि भएर आउने उनी पाँचौँ फ्रान्सेली राष्ट्रपति हुनेछन् । फ्रान्सबाट म्याक्रोँको साथमा एउटा प्रतिनिधिमण्डल  पनि भारत आउँदैछ । यसमा केही मन्त्री, सीईओ, सांस्कृतिक र वैज्ञानिक क्षेत्रका दिग्गज हस्तीहरू आदि रहनेछन् ।

म्याक्रोँको यस भ्रमणका क्रममा मोदीसँग हिन्द–प्रशान्त क्षेत्रमा समुद्री सहयोग बढाउने, लाल सागरको अवस्था, हमास–इजरायलबीचको द्वन्द्व र युक्रेनमा जारी युद्धबारे छलफल हुन सक्ने बताइएको छ । म्याक्रोँ यस अघि गएको वर्ष सेप्टेम्बरमा जीट्वेन्टीको शिखर सम्मेलनमा भाग लिन भारत भ्रमणमा आएका थिए ।