भायानेटको नयाँ योजना सार्वजनिक

भायानेटको नयाँ योजना सार्वजनिक

कहिरन

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि नयाँ योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘बाई वान गिफ्ट वान फ्री’ योजना सार्वजनिक गरेको हो।

यस योजनाअन्तर्गत भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबिपिएस तीन महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन्। साथै, ‍आफ्नो लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन्।

यो योजनामा सहभागी हुन भायानेट ग्राहकले तीन, छ वा १२ महिनाको सदस्यता अवधिको १२५ एमबीपीएस वा सोभन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ।

एक पटक योग्य भएपछि ग्राहकले एसएमएसमार्फत उपहार भाउचर कोड प्राप्त गर्ने कम्पनीले जनाएको छ। यो भाउचर कार्ड ग्राहकले आफ्नो प्रियजनलाई दिन सक्छन्। गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबिपिएसको इन्टरनेट तीन महिनाकोलागि दुई हजार सात सय रूपैयाँ (यसमा थप भ्याट) बराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन्।

उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध छ। र,  यसमा जडान शुल्क भने लागू हुनेछ। उपहार भाउचर दाबी गरिसकेपछि आफ्नो प्रियजनलाई उपहार भाउचर दिने ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन्।

यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबिपिएस तीन महिनाको प्याकेजमा नयाँ छुट सहितको मूल्य सार्वजनिक गरेको छ। जसको मूल्य दुई हजार सात सय रूपैयाँ (यसमा थप भ्याट) पर्नेछ।

‘हामी हाम्रा ग्राहकहरूका लागि यो आकर्षक योजना ल्याउन पाउँदा खुसी छौं। हामी विश्वास गर्छौं कि कनेक्टिभिटीको उपहार, विशेषगरी आजको द्रुत रूपमा डिजिटलाइजिङ संसारमा अर्थपूर्ण मात्र होइन मूल्यवान पनि छ,’ भायानेटका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले भने।