क्यानडामा चक्कु प्रहारको घटना: पक्राउ परेका अभियुक्तको मृत्यु

क्यानडामा चक्कु प्रहारको घटना: पक्राउ परेका अभियुक्तको मृत्यु

कहिरन समाचार

क्यानडामा १० जनाको ज्यान लिने गरी भएको चक्कु प्रहारको घटनामा पक्राउ गरिएका अभियुक्तको स्वप्रेरित चोटका कारण मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । माइल्स स्यान्डरसनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको केही समयमा नै उनको मृत्युको भएको द गार्जियन र क्यानेडियन सञ्चारमाध्यम ग्लोबल न्युजले जनाएको हो ।

सास्काटुन सहर नजिकै एउटा सेतो एसयूभीलाई कम्तीमा १० वटा प्रहरीको गाडीले घेरेको देखिएको थियो । उनलाई पक्राउ गरेपछि एम्बुलेन्समा सास्काटुनको रोयल विश्वविद्यालयको अस्पतालमा पठाइएको थियो । ३२ वर्षीय स्यान्डरसनमाथि जेम्स स्मिथ क्रि नेसनमा हत्याका एकभन्दा बढी उजुरीहरू रहेका थिए । केही दिन अघि भएको घटनामा कम्तीमा १८ जना घाइतेसमेत भएका थिए ।