सिराहाको नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु

सिराहाको नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु

कहिरन

सिराहाको मिर्चैया नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेको हो ।

गरप्रमुख श्रवणकुमार यादवले  मिर्चैया नगरपालिका ६ की शर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुवात गरे ।

यससँगै अब राहदानीकै लागि जिल्ला सदरमुकाम सिराहा जानुपर्ने सर्वसाधारणको बाध्यता हटेको छ ।