सशस्त्र प्रहरीको पोस्टमा नेपाली सेनाको दुई गोल

सशस्त्र प्रहरीको पोस्टमा नेपाली सेनाको दुई गोल

कहिरन

२३ औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाली सेनाको टिमले सशस्त्र प्रहरी बल नेपालको फुटबल टिमलाई २–० को अन्तरले हराएको छ ।

प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा भएको खेलमा ३५ वर्ष भन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरूको सहभागिता रहेको थियो । खेलमा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको तर्फबाट उपरथी सन्तोष कुमार ढकाल टिम क्याप्टेन रहेका थिए ।

महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल र उपरथी सन्तोष कुमार ढकालले नेपाली सेनाको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गर्नुका साथै महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडीहरू, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।

शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका कार्यहरूमा समन्वय र सहकार्य गर्दै अगाडी बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरी बिच समय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगिता लगायत अन्य गतिविधिहरू समेत गरिँदै आएको छ ।