नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन् । कैलालीको टिकापुरमा जारी पहिलो महाधिवेशनबाट उनी अध्यक्ष बनेका हुन् ।

चौधरी जेलमा हुँदा संरक्षक बनेर खोलिएको पार्टीले गत निर्वाचनमा भाग लिएर प्रतिनिधिसभामा ४ सीट जितेको थियो । टीकापुर घटनालाई लिएर जेल परेका चौधरीलाई केही महिनाअघि सरकारले आममाफी दिएको थियो । उनले जेलबाटै श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर पार्टी खोलेका थिए ।

पार्टिका वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्वारोध निर्वाचित भएका छन् । महासचिव र उपाध्यक्षमा भने चुनाव हुने भएको नेता विवस यादवले जानकारी दिए ।

एक महासचिव पदका लागि ४ जनाको उम्मेदवारी परेकोमा २ जनाले फिर्ता लिएका छन् । २ जनाबिच चुनाव हुने भएको छ । यस्तै उपाध्यक्षमा पनि चुनाव हुने भएको छ ।