नाउपाको अध्यक्षमा रेशम चौधरीको एकल उम्मेदवारी

नाउपाको अध्यक्षमा रेशम चौधरीको एकल उम्मेदवारी


कैलाली । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीले एकल उम्मेदवारी दिएका छन् । टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

०७२ मा टीकापुर घटनामा दोषी ठहर भएपछि जन्मकैदको सजाय पाएका उनी पार्टीको संरक्षक थिए । हाल पार्टीको अध्यक्षमा रेशमकी पत्नी रञ्जीता श्रेष्ठ छिन् ।

मन्त्रिपरिषद्को गत जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि उनी रिहा भएका थिए ।

यस्तै उपाध्यक्षमा १० जना र महासचिवमा गंगाराम चौधरीसहित ५ जनाको उम्मेदवारी परेको छ ।