कोशी  प्रदेश सभाको चालु चौथो अधिवेशन आजदेखि अन्त्य

कोशी  प्रदेश सभाको चालु चौथो अधिवेशन आजदेखि अन्त्य

कहिरन

कोशी  प्रदेश सभाको चालु चौथो अधिवेशन आजदेखि अन्त्य हुने भएको छ।

प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले बुधबार (आज) राति १२ बजेदेखि लागु हुने गरी प्रदेशसभा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिए।

प्रदेशसभाको चौथो अधिवेशनबाट मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएका थिए भने यही अधिवेशनले पाँच महिनादेखि रिक्त सभामुख पनि निर्विरोध चयन गरेको थियो।

मंगलबार राप्रपा सांसद अम्बरबहादुर विष्टलाई प्रदेशसभाले सभामुख चयन गरेको थियो। आजको प्रदेशसभा बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।