नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष खनालले राजीनामा दिए

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष खनालले राजीनामा दिए

कहिरन

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार खनालले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन्।

‘स्वः इच्छाले राजीनामा बुझाएको भन्नुभएको छ,’ उनले भने।

खनाल २०७६ साल साउन ९ गतेदेखि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए।

अहिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को पूर्ण कार्यान्वयनमा समस्या आइरहेको छ।

त्यस्तै, टेरामक्स प्रणाली खरिदमा अनियमितता भएको भन्ने विषय उठिरहेको छ। इन्टरनेट सेवा प्रदायकहरूसँग कर असुलीलगायत मुद्दाहरू पनि चलिरहेको समयमा प्राधिकरणका अध्यक्ष खनालले राजीनामा बुझाएका हुन्।